कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । नवगठित कोशी प्रदेश सरकारको सिफारिसमा उनले आज अधिवेशन आह्वान गरेका हुन् । हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरु राम राना र गणेश उप्रेतीले प...
मोरङको लेटाङस्थित सुधार केन्द्रबाट ७ जना फरार

मोरङको लेटाङस्थित सुधार केन्द्रबाट ७ जना फरार

विराटनगर । उत्तरी मोरङको लेटाङस्थित सुधार केन्द्रबाट आज बिहान ७ जना सम्पर्कविहीन बनेका छन् । लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल सुधार केन्द्रबाट उनीहरु भागेको जनाइएको छ । उक्त संस्था दुर्व्यसनीहरुलाई राखेर बाली सुधार्ने अभियानका लागि सञ्चालित छ । केन्द्रबाट भाग्नेहरुमा लेटाङ–५ का पालदेन तामाङ, दिलसन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का विशाल कार्की, मदन कार्की, मोर...
धनकुटाका चारजना धरानमा ३३५ किलो गाँजासहित पक्राउ

धनकुटाका चारजना धरानमा ३३५ किलो गाँजासहित पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित प्रहरीले धनकुटाका चार जनालाई पक्राउ गरेको छ । गाँजाको ओसारपसार भइरहेको भन्ने सूचना पाएको इलाका प्रहरी कार्यालय धरानको टोलीले आज बिहान गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । निगरानीका क्रममा को १ ज १८२१ नम्बरको गाडीलाई रोकेर जाँच गर्दा लुकाएर राखेको अवस्थामा ३३५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । ग...
रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

विराटनगर । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा हिजो साँझ रक क्लाइम्बिङ गर्ने क्रममा स्थानीय ३५ वर्षीय सुचन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सिकिस्त घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । करिब ३२ मिटर उचाइको मझुवाभी...
कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

कोशीका केही क्षेत्रमा आज वर्षा हुने, हावाहुरीको पनि सम्भावना

विराटनगर । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भइरहेको छ । त्यसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा आज चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी र...
भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै

भीमनारायण गोल्डकपको फाइनलमा पुग्न झापा र आयोजक भिड्दै

धनकुटा । धनकुटामा जारी १६औँ संस्करण शहीद भीमनारायण गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा फाइनलमा पुग्ने लक्ष्यसाथ झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिम मैदानमा उत्रँदै छन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि दुई टिम आमनेसामने हुनेछन् । आजको खेलको विजेताले भोलि विभागीय टिम एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैले पनि आ...
इलामको जमुनामा पिकअप दुर्घटना हुँदा युवकको मृत्यु

इलामको जमुनामा पिकअप दुर्घटना हुँदा युवकको मृत्यु

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–५, जमुनामा भएको पिकअप दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । जमुना कच्ची सडकमा प्र–१–०३–००१ च ००६९ नम्बरको पिकअप गएराति दुर्घटना हुँदा इलाम नगरपालिका–५, बरबोटका २३ वर्षे तोया घिमिरे सिकिस्त घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । मेची राजमार्गमा पर्ने बिब्ल्याँटे भन्ने...
विभागीय टिम एपीएफ भीमनारायण गोल्डकपको फाइनलमा

विभागीय टिम एपीएफ भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आजको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फाइनल प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको मध्यान्तरपछि आक्रामक...
मोरङको जहदामा ठूलो परिमाणमा गाँजा बरामद

मोरङको जहदामा ठूलो परिमाणमा गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ हाथीबन्दा भन्ने स्थानमा प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । आज बिहान प्रहरीले उक्त स्थानमा २१८ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खोजी गर्दै पुगेको प्रहरी टोलीले मकैबारीमा गहुँको भुसमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ । १० वटा बोरामा हालेर राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर ...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने

धनकुटा । धनकुटामा आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म ‘प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१’ हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराएको हो । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्यो...
भीमनारायण गोल्डकपः पहिलो सेमिफाइनलमा भिड्दै सुनसरी र एपीएफ

भीमनारायण गोल्डकपः पहिलो सेमिफाइनलमा भिड्दै सुनसरी र एपीएफ

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लब सुनसरी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं भिड्दै छन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि यी दुई टिम प्रतिस्पर्धामा उत्रने छन् । मोरङको फोरस्टार युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलसम्म आइपुगेको हो । त्यस्तै, बुटबल लुम्बिनी फुटबल क्लब बुटबललाई ...
माईजोगमाई अध्यक्ष कपः सूर्योदय क्वाटरफाइनलमा

माईजोगमाई अध्यक्ष कपः सूर्योदय क्वाटरफाइनलमा

इलाम । गत संस्करणको उपविजेता फाकफोकथुम गाउँपालिकालाई हराउँदै सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा सूर्योदयले २–० गोल अन्तरको जित निकालेको हो । सूर्योदयको जितमा पाल्देन तामाङ र सौरभ कार्कीले गोल गरे । खेलको ८ औ मिनेटमा पाल्देनले सूर्योदयलाई अग्रता दिलाए । ६...
आयोजक टिम भीमनारायण गोल्डकपको सेमिफाइनलमा

आयोजक टिम भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । आयोजक धनकुटा टिम यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको खेलमा सिरहाको सहलेस युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनल पुग्न सफल भएको हो । आयोजक टिमका तर्फबाट दोस्रो हाफको २५ औँ मिनेटमा जर्सी नम्बर १० का खमिर गिल्सन कन्दङ्वाले गोल गरेका थिए । उनको त्यही गोल आजको खेलका लागि निर्णायक बन्यो । आजको खेलमा बेस्ट किपरका रुपमा आयोजक टिमका ...
धनकुटा एमालेको अधिवेशन सर्‍यो

धनकुटा एमालेको अधिवेशन सर्‍यो

धनकुटा । नेकपा (एमाले) धनकुटाको ८ औं जिल्ला अधिवेशन सरेको छ । वैशाख २८ र २९ गते गर्ने भनिएको अधिवेशन अब जेठ १२ र १३ गते हुने तय भएको जनाएको छ । धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको ११ औं बैठकले अधिवेशनको मिति तय गरेको हो । यसअघि वैशाख २८ र २९ गतेका लागि तोकिएको अधिवेशनको मिति विविध कारणले सार्नु परेको अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक भेषराज कटेलले...
धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत

धनकुटामा ४ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न २१ परिवारलाई राहत

धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रद्वारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी, विपन्न २१ परिवारलाई राहत वितरण गरिएको छ । केन्द्रको दशौं स्मृति दिवस अवसरमा बुधबार राहत तथा छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत तथा छात्रवृत्ति हस्तान्तरण गरेका थिए । उत्कृष्ट अंकसहित कक्षा ९ बाट १० मा गएका ४ जना विद्यार्थीहरुला...
ताप्लेजुङमा ट्याक्टर पल्टँदा बालकको मृत्यु, ८ जना घाइते

ताप्लेजुङमा ट्याक्टर पल्टँदा बालकको मृत्यु, ८ जना घाइते

विराटनगर । ताप्लेजुङमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एकजना बालकको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । पाथीभरा याङबरक गाउँपालिका वडा ४ मा पर्ने डुम्रिसे भन्ने स्थानमा भएको दुर्घटनामा ९ वर्षीय मानस तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी भएको जनाइएको छ । बिहान करिब १० बजे भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्य...
झापाको बिर्तामोडमा वृद्धा मृत फेला

झापाको बिर्तामोडमा वृद्धा मृत फेला

विराटनगर । झापाको बिर्तामोडमा एकजना वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छन् । बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्ट आज बिहान मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना शंकास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गरिरहेको झाप...
उखुको पातले छोपेको अवस्थामा सुनसरीमा एक क्विन्टल गाँजा फेला

उखुको पातले छोपेको अवस्थामा सुनसरीमा एक क्विन्टल गाँजा फेला

विराटनगर । बोरामा हालेर उखुको पातले छोपेको अवस्थामा सुनसरीमा ठूलो परिमाण गाँजा फेला परेको छ । उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले गएराति एक क्विन्टल गाँजा बरामद गरेको हो । बर्जू गाउँपालिका–४, हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपेर लुकाएको अवस्थामा गाँजा बराम...
भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

भीमनारायण गोल्डकपमा आज आयोजक धनकुटा र सिरहा भिड्दै

धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक टिम धनकुटा र सल्हेस फुटबल क्लब सिरहा भिड्दै छन् ।  खेल दिउँसो ३ बजेबाट तल्लो टुँडिखेलमा सुरु हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । त्यस्तै, दोस्र...
आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

आज शपथ ग्रहण गर्दै सुहाङ नेम्बाङ

विराटनगर । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्बाङलाई शपथ ग्रहण गराएर प्रतिनिधि सभा सदस्यको लोगो प्रदान गरी सांसदको रूपमा जिम्मेवारी दिने जनाइएको छ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर उनी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रे...
माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

माईजोगमाई अध्यक्ष कप : इलाम अन्तिम ८ मा प्रवेश

इलाम । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा...
चट्याङ लागेर झापामा एकजनाको मृत्यु

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

विराटनगर । बारीमा काम गरिरहेका बेला चट्याङले लागेर झापामा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर अर्जुनधारा नगरपालिका–२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो । दिउँसो आफ्नै बारीको मकै खेतीमा मल हालिरहेका बेला परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर सिकिस्त घाइते भएका दुलाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपच...
सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुनसरीको राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनलमा

धनकुटा । सुनसरीको राष्ट्रिय जागृति क्लब धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा राष्ट्रिय जागृतिले बुटवल लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको १६ औँ मिनेटमा राष्ट्रिय जागृतिका जर्सी नम्बर ७ का उमेश राईले गोल गरेका थिए । यसैगरी, दोस्रको हाफमा थपिएको ३ मिनेटको समयमा बुटवल लुम्ब...
मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ । सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो । घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको ...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
मोरङको बाँसबारीमा बस दुर्घटना

मोरङको बाँसबारीमा बस दुर्घटना

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित बाँसवारी नजिक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सिरहाबाट विराटनगर आउँदै गरेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस आज विहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।  घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका...
भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

विराटनगर । भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचाका ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो घरनजिकै झाडीमा लगेर ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गर...
करेन्ट लागेर झापामा नाबालकको मृत्यु

करेन्ट लागेर झापामा नाबालकको मृत्यु

विराटनगर । झापामा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७ का सुनील राजवंशीका १८ महिनाका छोराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा पानी तान्ने मोटरबाट सोमबार करेन्ट लागेर उनी सिकिस्त घाइते भएका थिए । उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश सरकार अब के हुन्छ ?

कोशी प्रदेश सरकार अब के हुन्छ ?

विराटनगर । कोशी प्रदेश सरकार अहिलेकै कायम रहन्छ वा अर्को सरकार बन्छ भन्ने अझै यकिन छैन । सरकारको अन्योल कायमै रहँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको आ–आफ्नै अडान र धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रदेशसभाले संकल्प प्रस्तावमार्फत् मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा आज मंगलबार सकिँदैछ । मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने र राजीनामा पनि नद...
कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का कमलानन्द मेहता कुनै समय सरकारी नोकरी गर्थे । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहतालाई दशकपछि भने जागिर छाडौँछाडौँ लाग्यो । प्रहरी हबल्दार भइसकेका उनले २०५९ सालमा जागिर छाड्ने निधो गरे । जागिर छाडेर के गर्ने भन्ने योजना पहिले नै बनाइसकेका थिए । त्यसकारण जागिर छाडेपछि के गर्ने भन्ने अन्योल भएन । उनले जागिर छाडेर पुर्खौली पेशा कृषिलाई निरन्त...
error: Content is protected !!