पाँचथरमा पहिरोले पुर्दा थप एक जनाको मृत्यु, चार जना बेपत्ता
विराटनगर । पाँचथरमा पहिरोले पुर्दा थप एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-१ साँगेबोटेमा पहिरो घर पुर्दा फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ५ बजेतिर झरेको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार फिदिम-१ का ५० वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, ५५ वर्षीय धनकुमार तुम्बापो र २१ वर्षीया सरस्वती तुम...































