हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु
विराटनगर । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिवार इजरायलमाथि गरेको आक्रमणमा परी सुनसरीका राजेशकुमार स्वर्णकारसहित कम्तिमा १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परी १० नेपालीको मृत्यु भएको पुष्टि भएको र बाँकी विवरण सङ्कलनको काम भइरहेको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ ।
दुतावासका अनुसार मधुवान–१, सुनसरीका स्वर्णकारसहित सपही–६, धनुषाका आनन्द साह, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, कैला...





