संगालोखबर
बालकलाई कुटपिट गर्ने वीरबहादुर विश्वकर्मा ।

सुनसरी । सुनको मुन्द्री खोस्ने प्रयासमा कुटपिट हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय वीरबहादुर विश्वकर्माले कुटपिट गर्दा बिक्रम बिकका ६ वर्षीय छोरा अबि बिकको हिजो साँझ मृत्यु भएको हो ।

Advertisement

मादक पदार्थ सेवन गरेका वीरबहादुरले ती बालकले कानमा लगाएको सुनको मुन्द्री तानेर आफूले लिने प्रयास गरेका थिए ।

त्यस क्रममा बालकले नमान्दा उनले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिट गर्ने बिकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!