संगालोखबर

सुनसरी । रामेछापबाट अवैध रुपमा ल्याएको आशंकामा डिभिजन बन कार्यालय सुनसरीले चारवटा ट्रकमा लोड गरिएको खयरको काठ नियन्त्रणमा लिएको छ । सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको नियन्त्रणमा लिइएको हो ।

Advertisement

डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवका अनुसार बा प्र ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकलाई शंका लागी नियन्त्रणमा लिइएको हो । ती ट्रकलाई धरानस्थित वन कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

करिब ३२ लाख रुपैयाँ बराबरको ९८९.३२ क्युफिट खयरको काठ डिभिजन वन कार्यालय रामेछापले शंकास्पद देखिएको जानकारी दिएपछि नियन्त्रणमा लिएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!