संगालोखबर

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गरेका छन् । शुल्क वृद्धिविरुद्ध उनीहरूले आन्दोलनको घोषणा गरेका छन् ।

Advertisement

धरानमा क्रियाशील १० राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै यसअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको सुनुवाइ नभएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

चालु आर्थिक वर्षदेखि धरानमा नयाँ धारा जडान गर्दा लाग्ने शुल्कमा ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । यसअघि आधा इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ लाग्ने गरेको थियो । यस्तै, नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि १० हजार रुपैयाँ थियो । यस्तै, बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ । यसअघि १५ हजार रुपैयाँ थियो ।

खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगर अन्तर्गत छ । खानेपानी बोर्ड सञ्चालनमा समस्या भएको भन्दै बोर्डका अध्यक्ष तथा मेयर हर्क साम्पाङले खानेपानी जडान, नामसारी, मर्मत तथा परीक्षणमा लाग्ने शुल्क तथा खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरेपछि राजनीतिक दलहरू विरोधमा उत्रिएका हुन् ।

जडान शुल्क र महसुल वृद्धि अवैज्ञानिक भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ्गको भनाइ छ । दलहरुले भोलि बिहिवार विभिन्न सरोकारवाला सङ्घसंस्थासँग अन्तरक्रिया गर्ने भएका छन् । यसैगरी, शुक्रबार सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने उनीहरूको कार्यक्रम छ । साउन २० गते धर्ना कार्यक्रम गर्ने तय भएको दलहरूले जनाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!