संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ । पैनीमा बिजुलीको तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा झापाको हल्दीबारी गाउँपालिका–४ का ३३ वर्षीय नरेश मोक्तानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

Advertisement

यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–२ का ६० वर्षीय समुद्दिन मियाँको करेन्ट लागेर मृत्यु भएको छ । विद्युतीय मोटर जडान गरी चापाकल चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएका उनको त्यहीँ मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!