संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा दुईजना मोटरसाइकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुवै मोटरसाइकलका गरी तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोशी गाउँपालिका–६ श्रीपुरस्थित सडकमा प्र.१–०४–००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएका थिए ।

Advertisement

दुर्घटनामा प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का प्रकाश भगतको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचार भइरहेको उल्लेख गर्दै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!