संगालोखबर

सुनसरी । सुनसरीको चौरस्ता बजार इटहरीमा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । आज अपराह्न इटहरी उपमहानगरपलिका–६ मा विराटनगरबाट आउँदै गरेको प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार ट्रकको ठक्करले उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्रक चालक धरान उपमहानगरपालिका–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!