संगालोखबर

सुनसरी । धरानबाट ठूलो परिमाण लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा र धरानका साथै भारतीय नागरिकसमेत छन् । धरानस्थित १७ वर्षीया एक किशोरीको कोठाबाट लागूऔषध बरामद गरिएको छ ।

Advertisement

पक्राउ पर्नेमा धरान–४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा–३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीका २८ वर्षीय रविकुमार सिंह छन् । पक्राउ परेकी किशोरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार ती किशोरी बस्दै आएको डेराबाट ट्रामाडोल १४ हजार ९०१ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट र कोलीबन नामको प्रतिबन्धित औषधि बरामद गरिएको हो । यसैगरी ७६ हजार नगदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पक्राउ परेकाहरु लागूऔषधको संगठित कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । भारतबाट लागूऔषध ल्याएर विभिन्न स्थानमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!