संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर र इटहरीमा कारको ठक्करले गएराति दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित कोशी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । को १ च ५१९१ नम्बरको कार र मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–५ का ४० को फेकुलाल सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालक पथरीशनिश्चरे–१० का जीवन कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

यसैगरी, सुनसरीको इटहरी–१२ मा कारको ठक्करले साइकलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०१–००१ च ७६५५ नम्बरको कारले ठक्कर दिँदा साइकलयात्री स्थानीय ६५ वर्षीय रामप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!