संगालोखबर

विराटनगर । कोशी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा खगेन्द्र श्रेष्ठ चयन भएका छन् । सुनसरीको इटहरीमा सम्पन्न संघको १२ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा लिलाराज पराजुली, महासचिवमा राजनकुमार तिमल्सिना, सचिवमा रोमन कटेल र कोषाध्यक्षमा सन्तोष भगत चयन भएका छन् ।

तत्कालीन कोशी अञ्चलका व्यवसायीहरू सङ्गठित भएर स्थापना गरिएको यो संघमा अहिले करिब ५० भन्दा बढी इँटा उद्योग व्यवसायी सङ्गठित छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!