संगालोखबर

सुनसरी । धरान उपमहानगरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

Advertisement

पक्राउ पर्नेमा होटल सञ्चालिका ४९ वर्षीया प्रमिला योङदेनसमेत आठजना छन् । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई ८६ हजार १० रुपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!