संगालोखबर

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी सात वर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!