संगालोखबर

सुनसरी । कोशी नदीको चतरास्थित पुलबाट हामफालेर एकजना युवक बेपत्ता भएका छन् । उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सीमामा रहेको चतरा पुलबाट हाम फालेर आज अपराह्‍न ती युवक बेपत्ता भएका हुन् ।

Advertisement

महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार धरानबाट आएका अन्दाजी २६ वर्षीय सुनील साह पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । उनी को ९ प ९८६५ नम्बरको स्कुटर लिएर त्यहाँसम्म पुगेका थिए ।

धरान उपमहानगरपालिका–१६ जोर सखुवा बस्ने साह आफू चढेर आएको स्कुटी, मोबाइल फोन र चप्पल पुलमै छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । सिसी टिभीको फुटेजमा हेर्दा स्कुटीमा आएका उनी पुलमा ती सामग्री छाडेर हाम फालेको देखिएको छ ।

घटनाबारे सूचना आएपछि पुगेको प्रहरी टोलीले उनको मोबाइल फोन बजिरहेको पाएपछि कुरा गरेका थिए । फोन गर्ने ती युवकका मामा गुमान ध्वज नेपाली भएको जानकारी प्रहरीले पाएको थियो । उनलाई बोलाएर फोनलगायत सामग्री देखाएर युवकको पहिचान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बेपत्ता युवकको खोजी कार्य भइरहेको जानकारी संगालोखबरलाई दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!