संगालोखबर

सुनसरी । गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले सुनसरीमा आज दिउँसो गोली चलाएको छ । भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल गाँजा नियन्त्रणमा लिइएको छ ।

Advertisement

डब्लूबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । धरान–१५, श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार कारलाई रोक्न आग्रह गर्दा झन् तीव्र गतिमा हुइँक्याइएको थियो । त्यस क्रममा हवाई फायर गरिएको थियो । केही अगाडि पुगेर गाडी रोकेपछि चालक जङ्गलतर्फ भागेका थिए ।

कारमा जाँच गर्दा प्लास्टिकका ५ वटा बोरामा एक सय किलो गाँजा राखेको पाइएको थियो । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!