संगालोखबर

सुनसरी । खानेपानी महसुल वृद्धि लगायत विषयमा विवाद चर्किरहेका बेला धरानमा एकजना उपभोक्ताको खानेपानीको बिल करिब ५० लाख रुपैयाँ आएको छ । धरान उपमहानगरपालिका–१६ साँगुरी मार्गकी सीतादेवी डाँगीको निजी धाराको नाममा ४९ लाख ९९ हजार २ सय रुपैयाँको पानीको बिल आएको हो ।

Advertisement

खानेपानी बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको लेखिएको छ । खपत बिल पनि ९९ हजार ९ सय ९९ सय रहेको उल्लेख छ ।

बिलमा मिटर स्ट्याटसमा ‘मिटर उल्टो घुमेको’ भनेर लेखिएको छ । सर्दु जलाधार संरचना शुल्कको नाममा ५ थप गरी जम्मा तिनुपर्ने रकम ४९ लाख ९९ हजार २ सय ५ रुपैयाँ रहेको बिलमा उल्लेख गरिएको छ । यसबारे खानेपानी बोर्डले कुनै धारणा सार्वजनिक गरेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!