संगालोखबर
फाइल तस्बिर

विराटनगर । बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बुलेटिन जारी गरी अविरल वर्षापछि बाढी पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।

सुनसरी धनसारेमा आज पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेपछि आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी, सङ्खुवासभामा बाढीले क्षति पुर्याएको सडक अझैसम्म खुल्न सकेको छैन । मकालु गाउँपालिका–३ मा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

गत असार ६ गते उक्त राजमार्गमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि अझैसम्म बाटो खुल्न सकेको छैन । प्रहरीका अनुसार उक्त सडक वर्षाभरि सञ्चालनमा आउने अवस्था छैन ।

अविरल वर्षापछि कोशी प्रदेश सहित अन्य प्रदेशहरूमा पनि सडक अवरूद्ध बनेको प्रहरीले जनाएको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशहरूमा केही राजमार्ग र कतिपय भित्री सडकहरू अवरूद्ध हुँदा आवागमन ठप्प भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!