संगालोखबर

सुनसरी । नौ दिनदेखि सम्पर्कविहीन बनेका सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समालोचक प्रा. डा. रामजी तिम्सिनाको अवस्था अझै अज्ञात छ । ‘म वराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा’ भन्ने लेखेर घरबाट हिँडेका उनीबारे हालसम्म केही पत्तो लागेको छैन ।

Advertisement

परिवार, आफन्त र प्रहरीले उनको निरन्तर खोजी गरिरहेका छन् । उनले उल्लेख गरेको वराह क्षेत्र आसपास प्रहरी टोली परिचालन गरेर खोजी गर्दा पनि केही पत्ता लागेको छैन ।

तिम्सिना गत बुधबार बिहान घरबाट हिँडेका थिए । हिँड्नुअघि उनले कागजको सानो टुक्रामा ‘म वराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा ।’ भन्ने लेखेर छाडेको भेटिएको थियो । हिँडेको भोलिपल्टसम्म उनले प्रयोग गर्ने गरेको मोबाइल फोन चालु अवस्थामा थियो । रिङ जाने तर फोन नउठ्ने भइरहेको थियो । त्यसयता फोन पनि ‘स्वीच अफ’ छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार मोबाइल ट्रेस गर्दा वराहक्षेत्र आसपास देखाएको थियो । त्यसपछि त्यतैतिर केन्द्रित भएर खोजी गरिएको भए पनि केही पत्ता नलागेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार हराएकै दिनदेखि खोजी जारी राखिए पनि तिम्सिनाबारे केही पत्ता लाग्न सकेको छैन । ‘सोधखोज जारी राखेका छौं’ उनले संगालोखबरसँग भने, ‘सम्भावित सबै क्षेत्रतिर खोजी गर्ने काम अझै जारी छ ।’

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा अध्यापन गर्दै आएका थिए । ‘डायस्पोरा साहित्य’ मा विद्यावारिधि गरेका उनी साहित्यिक गतिविधिमा पनि सक्रिय रुपमा सहभागिता जनाउने गर्थे ।

‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!