संगालोखबर

सुनसरी । धरानका १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा आज खानेपानी बोर्डको महसुल सङ्कलन काउन्टरमा ताला लगाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैङ्कको ऋण तिर्नका लागि महसुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।

Advertisement

त्यसपछि आक्रोशित बनेका राजनीतिक दलका नेता कार्यकर्ताले धरान उपमहानगरपालिका वडा नम्बर ११, १५ र १६ मा रहेका खानेपानी महसुल काउन्टरमा ताला लगाएका हुन् ।

आन्दोलनरत दलमध्येका नेपाली काङ्ग्रेस धरान नगर समिति सभापति श्याम पोखरेलले आफूहरूको माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने बताए । बोर्डले पुरानै शुल्क कायम गर्नुपर्ने माग दलहरूको छ । मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले साउन १ गतेबाट लागू हुने गरी खानेपानी महसुल र अन्य शुल्क वृद्धि गरेको थियो ।

खानेपानी बोर्डले जारी गरेको नयाँ शुल्क सूची अनुसार खानेपानी महसुलसँगै जडान, होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा महसुल वृद्धि भएको छ । जडान भएको पाइपको मोटाइका आधारमा महशुल ५ रुपैयाँदेखि आठ हजार रुपैयाँसम्म वृद्धि भएको छ । साउन १ बाट नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजार रुपैयाँसम्म शुल्क बढेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!