संगालोखबर

सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील ‘किवानिज इन्टरनेसनल डिस्ट्रिक्ट नेपाल’ को छैटौं सम्मेलन आजदेखि सुनसरीको इटहरीमा हुने भएको छ । सम्मेलनमा विदेशका प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता हुने डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले जानकारी दिए ।

Advertisement

किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको क्लबकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन् ।

दुई दिनसम्म चल्ने सम्मेलनले डिस्ट्रिक्ट भाइस गभर्नर चयन गर्नेछ । सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट सहरमा स्थापना भएको यो संस्थाले १८ वर्षमुनिका बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा किवानिज क्लब सन् २०१६ मा औपचारिक रूपमा स्थापना भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!