संगालोखबर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा लागूऔषध दुर्व्यसनी निगरानी कक्ष स्थापना गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षको उद्‌घाटन गरिएको हो ।

Advertisement

प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागूऔषधको प्रयोगले आपराधिक घटना बृद्धि हुने तथा युवा वर्ग कुलतमा लाग्दा व्यक्ति स्वयम्, परिवार र राज्यलाई समेत दीर्घकालीन असर पुग्ने बताए ।

त्यही कारण यसको रोकथाम तथा नियन्त्रणको लागि लागूऔषध दुर्व्यसनी निगरानी कक्ष स्थापना गरिएको उनले बताए । उक्त निगरानी कक्षमा प्रहरी नायब निरीक्षकसहित ६ जना प्रहरी कर्मचारीहरू रहने जनाइएको छ ।

टोलीले भन्टाबारीस्थित सीमा नाकाबाट आवत जावत गर्ने शंकास्पद व्यक्तिलाई जाँच, नियन्त्रण तथा काउन्सिलिङ गर्नेछ । इलाका प्रहरी कार्यालय भन्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्‌घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!