संगालोखबर
फाइल तस्वीर

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका र कोशी गाउँपालिकामा गएराति भएका बेग्लाबेग्लै दुर्घटनामा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । दुवैजनाको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो ।

कोशी गाउँपालिका–२ मा मधुवनबाट लौकही आउँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटी सफारीले ठक्कर दिंदा पैदलयात्री स्थानीय ६५ वर्षीया मालतीदेवी साहको मृत्यु भएको हो ।

Advertisement

ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सफारीका चालक स्थानीय २० वर्षीय श्रवण यादवलाई इलाका प्रहरी कार्यालय लौकहीको टोलीले पक्राउ गरेको छ ।

यसैगरी, देवानगन्ज गाउँपालिका–७ मा चिमडीबाट हरिनगरातर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा पैदलयात्री स्थानीय ६५ वर्षीय महावीर यादवको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!