संगालोखबर
प्रतीकात्मक तस्बिर

सुनसरी । सुनसरीको इटहरीमा डेढ वर्षीया आइन्सु लुइँटेलको हत्या भएको छ । नातामा बालिकाको काका पर्ने इटहरी-५ पचरुखीमा बस्दै आएका शालिग्राम लुइँटेलले हिजो अपराह्‍न बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

ब्लेड प्रयोग गरी बालिकाको वीभत्स तरिकाले हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय शालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले बताए ।

Advertisement

यसअघि पनि उनले अस्वाभाविक खालका गतिविधि गर्दै आएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही वर्षअघि घरको छतबाट हाम्फाल्दा उनी गम्भीर घाइते भएको र उपचारपछि ठिक भएको खुलेको प्रहरीको भनाइ छ । बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उल्लेख गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!