संगालोखबर


सुनसरी । सुनसरीका बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्युु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो साँझ भएका दुर्घटनामा मृत्यु हुनेमा एकजना महिला छिन् ।

हरिनगरा गाउँपालिका–२ स्थित हुलाकी सडकमा भुटाहाबाट हरिनगरा जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीया दुखनीदेवी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्करले गम्भीर घाइते भएकी दासको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक भारतको अररिया बस्ने २१ वर्षीय सुरज दासलाई पक्राउ गरिएको छ ।

यसैगरी, धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा भएको दुर्घटनामा धरान–२० का १७ वर्षीय समर्पण राईको मृत्यु भएको छ ।

धरानबाट भेडेटार जाँदै गरेको प्रदेश १–०२–००२ ख ०१६० नम्बरको ट्रकसँग राई चढेको प्रदेश १–०२–०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । गम्भीर घाइते भएका उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक झापाको कमल गाउँपालिका–१ का ४१ वर्षीय प्रेमबहादुर न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!