संगालोखबर
सांकेतिक तस्बिर

सुनसरी । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र सुनसरीको इटहरीका एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।

प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार घटनाको प्रकृति हेर्दा ४/५ दिनअघि नै उनको मृत्यु भइसकेको जस्तो पाइएको छ ।

Advertisement

अधिकारीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!