संगालोखबर

सुनसरी । काठमाडौँबाट सुनसरीको धरान आइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५, पम्फा पुलमा ट्रकसँग ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरान आइरहेको बा प्र०१–००६ख ४७९९ नम्बरको बस र  ना६ख ५९२७ नम्बरको ट्रक आज बिहान ठोक्किएका थिए ।

Advertisement

प्रहरीका अनुसार घाइतेमध्ये सातजनाको अवस्था मध्यम छ भने तीनजनाको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधनसहित बसका चालक सप्तरीको तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछापको साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी खड्क नगरपालिका–२ बस्ने २३ वर्षीय हलेश्वर मण्डल, मोरङका ४० वर्षीय मनरथ सार्की, लेटाङ नगरपालिका–५ का २४ वर्षीय धिरज न्यौपाने, सप्तरी कन्चनरुप–१ का ३८ वर्षीय सनतन चौरासिया, सप्तरी शम्भुनाथ गाउँपालिका–१२ का २८ वर्षीय दयाराम मण्डल, सुनसरीको गढी गाउँपालिका–५ का २० वर्षीय राजदेव साह छन् ।

यसैगरी, इलामको देउमाई नगरपालिका–४ का ४० वर्षीय सोम राई, मोरङको रंगेली नगरपालिका–२ का २५ वर्षीय मोहमद अजिम, सप्तरीको सुरुंगा नगरपालिका–९ का २३ वर्षीय अरविन्द कुमार यादव र भारतको दार्जिलिङका २४ वर्षीय आषिक भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!