संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । सुनसरीको थलाहामा टाउको नभएको शव भेटिएको छ । गढी गाउँपालिका–२ मा पर्ने थलाहामा आज बिहान पुरुषको शव टाउको विहीन अवस्थामा फेला परेको हो ।

उक्त शव स्थानीय ५० वर्षीय ज्ञानसन ऋषिदेवको भएको खुलेको छ । उनको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार घटनास्थलमा अनुसन्धानका लागि टोली परिचालन गरिएको छ ।

Advertisement

टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिसकेको उनले जानकारी दिए । अनुसन्धानका क्रममा विशेष तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!