संगालोखबर

सुनसरी । सुनसरीको गढी गाउँपालिकाका ३२ वर्षीय उदेश थान्दारको क्यानाडामा मृत्यु भएको छ । अन्टारियोको थण्डर वे सहरमा श्रीमतीसहित बस्दै आएका थान्दारको हृदयघातका कारण मृत्यु भएको एनआरएन क्यानाडाले जनाएको छ ।

Advertisement

उनी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएकी श्रीमतीको आश्रितका रुपमा ६ महिनाअघि क्यानाडा गएर थण्डर वेमा बस्दै आएका थिए । एनआरएनए, क्यानाडाले थान्दारको अन्तिम संस्कार लगायतका आवश्यक विषयमा सहयोग गरिरहेको जनाएको छ ।

मृतकका बुवा र श्रीमतीसँग छलफल गरी थण्डर वेमै हिन्दु संस्कारअनुसार दाहसंस्कार गरी अस्तु नेपाल पठाउने योजना रहेको जनाइएको छ । मृतकको अन्तिम संस्कार गर्न र अन्य खर्चका लागि आर्थिक स्रोत जुटाउन परिवारको अनुमति र अनुरोधमा संस्थाले ‘गो फण्ड मी’ खाता सक्रिय पारेको छ ।

‘परिवार विपन्न अवस्थामा रहेको र विद्यार्थी भिषामा बुहारीलाई क्यानाडामा पठाउँदा लिएको ऋण तिर्न बाँकी रहेको छ’, मृतकका बुबाले एनआरएनए, क्यानाडाका पदाधिकारीलाई भनेका छन्, ‘परिवारको एकमात्र छोरा पनि अब यस संसारमा नरहेको अवस्थामा परिवार अत्यन्त ठूलो पीडामा परेको छ ।’

मृतक परिवारलाई सकेको सहयोग गर्न एनआरएनए, क्यानाडाले सबैसँग अनुरोध गरेको क्यानाडाको अन्टारियोमा रहेका अच्युत भट्टराईले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!