संगालोखबर

सुनसरी । सुनसरीको दुहबीमा गएराति सिटी सफारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खनारतर्फ जाँदै गरेको प्र १–२०–००३ ह ५५८१ नम्बरको सिटी सफारी दुहबी नगरपालिका–८ सोनापुरमा अनियन्त्रित भइ पल्टिएको थियो ।

Advertisement

दुर्घटनामा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा चालक स्थानीय २२ वर्षीय मोहम्मद अरवाज, यात्रुहरू इटहरीकी १८ वर्षीया निशा सरदार छन् ।

यसैगरी, २७ वर्षीया रिता सरदार, २२ वर्षीय अर्जुन सरदार, ४० वर्षीया लाली सरदार, ६० वर्षीया असिया सरदार पनि घाइते भएका छन् । घाइतेहरूको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!