पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध
विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–१ को कोलबोटेमा झरेको पहिरोले स्थानीय दुई घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले स्थानीय सन्तोष राई र मणिकुमार राईका घरमा क्षति पुगेको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पहिरोका कारण ती दुई घरमा रहेका धनमालमा पनि नोक्सानी पुगेको छ । मानवीय क्षति भने भएको छैन । धनकुटा, इलाम र पाँचथरसँग सीमाना जोडिएको उक्त क्षेत्रमा...































