संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

विराटचोकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजातको चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका–१ का १९ वर्षीय अजय मण्डललाई पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेकाहरुबारे इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!