संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवाला सहितको बैठक बसी पूर्वतयारी सुरु गरिएको हो ।

Advertisement

सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित भएकाहरुका लागि आश्रयस्थलसमेत पहिचान गरिसकेको विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले बताइन् ।

महानगरले विभिन्न ८ वटा क्षेत्रहरु तयार गरेको छ । जसमा समग्र व्यवस्थापन सूचना, खोज तथा उद्धार, खाद्य तथा कृषि, स्वास्थ्य तथा पोषण, खानेपानी तथा वातावरण प्रवर्द्धन, आपतकालीन आश्रम तथा गैरखाद्य सामग्री, सुरक्षा तथा संरक्षण र आपतकालीन शिक्षा लगायत छन् ।

विषयगत क्षेत्रहरुले आपतकालीन अवस्थामा तत्कालै सेवाहरु उपलब्ध गराउने कोइरालाले बताए । महानगरले आवश्यक सामग्रीसहित स्थानीय आपतकालीन सेवा केन्द्र तयारी अवस्थामा राखेको जनाइएको छ ।

सुरक्षाका तीनवटै निकाय, रेडक्रस, उद्योगी व्यवसायी, समाजसेवी, राजनैतिक दल, नागरिक समाजसहित सबैको सहकार्य र समन्वयमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा भेलाका सहभागीले राखेका थए ।

पहिचान भएका आश्रयस्थललाई चुस्तदुरुस्त राख्न नागरिक समाजले बैठकमा सुझाव दिएको छ । विराटनगर महानगरका ९ र १० वडाबाहेक अन्य वडाहरु बाढी तथा डुबानबाट प्रभावित हुने गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!