संगालोखबर
फाइल तस्वीर

विराटनगर । धनकुटा, झापा, मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजासहित विभिन्न किसिमका लागुऔषध बरामद गरेको छ ।

धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट ३० वर्षीय सुकदेव राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आँखिसल्लास्थित प्रहरी चौकीको टोलीले उनलाई पाँच सय ग्राम गाँजा र विभिन्न नामका प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३८ वर्षीय सुमन भनिने सूर्यबंशी रायलाई २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

झापाकै अर्जुनधारा नगरपालिका–३ का ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ बाट सुनसरी रामधुनी–७ का २० वर्षीय अरबिन चौधरी र इटहरी–१६ का २० वर्षीय प्रवीण चौधरीलाई नियन्त्रित औषधिसहित पक्राउ गरेको छ ।

उता, उदयपुरको उदयपुरगढी–७ बाट ६७ किलो २२ ग्राम गाँजासहित स्थानीय ६० वर्षीय लालबहादुर तामाङ र उदयपुरगढी–८ का ५२ वर्षीय दिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!