संगालोखबर

विराटनगर । महिलाको हत्या गरी फरार रहेका एकजना आरोपीलाई प्रहरीले मोरङको जहदा गाउँपालिका–१ बाट पक्राउ गरेको छ । घटनाको ५ वर्षपछि आरोपी स्थानीय ४५ वर्षीय शम्भु साहलाई आइतबार राति पक्राउ गरिएको हो ।

Advertisement

जग्गासम्बन्धी सीमा विवादमा जहदा–१ की ६० वर्षीया नानकीदेवी ठाकुरको २०७६ जेठ १० गते दाउराले प्रहार गरी हत्या गरेको आरोप साहमाथि छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!