संगालोखबर

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सा विद्यार्थीहरुको सहभागितामा हुने सप्ताहव्यापी खेलकुद ‘नोवेल फिएस्टा’ सुरु भएको छ ।

Advertisement

एमबीबीएस, बीडीएस लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत् विद्यार्थीहरुले प्रत्येक वर्ष खेलकुद कार्यक्रम आयोजना गरी ‘नोवेल फिएस्टा’ मनाउँदै आएका छन् ।

यस वर्ष पनि एमबीबीएस १५औं ब्याच र बीडीएस १०औं ब्याचका विद्यार्थीहरुको सहभागितामा खेलकुद सुरु भएको हो । कार्यक्रमको उद्घाटन सहप्राचार्य प्रा.डा. ऋतु बरालसहितका अतिथिले गरेका थिए ।

कार्यक्रममा अतिथिका रुपमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. गेहनाथ बराल, प्रा.डा. सीता पोखरेल, प्रा.डा. यू.सी. भद्रा, महाप्रवन्धक दिपेश राई, मानव संशाधन विभाग प्रमुख ज्योति लुइँटेल, शैक्षिक प्रशासनकी प्रिया पोखरेल लगायतको सहभागिता थियो ।

यस अवसरमा फुटबल, भलिबल, बास्केटबल, कबड्डी, दौड प्रतियोगिता, लङ्ग जम्प, सटपुट, महिला फुटसल, क्रिकेट, महिला क्रिकसल, व्याडमिण्टन, टेबलटेनिस, चेस, क्यारेमबोर्ड, अनलाइन गेमहरु खेलिने छन् ।

नोवेलका सबै शैक्षिक कार्यक्रमका विद्यार्थीहरु, इन्टर्न, रेजिडेण्ट, चिकित्सक, फ्याकल्टी, कर्मचारीहरुले खेलकुदमा सहभागिता जनाउनेछन् । कार्यक्रम जेठ ३२ गते समापन गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!