संगालोखबर


विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन सुरु भएको छ । रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय नामको नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ ।

जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवम् काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउने प्रयास गरिएको छ ।

Advertisement

नाट्य साहित्यको अध्ययन तथा प्रयोगात्मक प्रक्रियामा अत्यन्तै आवश्यक रहने सुधारात्मक पद्दति ‘इम्प्रोभाइजेसन’ र पात्र तथा परिवेश कल्पना ‘इम्याजिनेसन’ बाट संयोजन गरिएको यो नाटक चौथो अध्याय मनोसामाजिक खोज तथा अध्ययनको एउटा प्रायोगिक अभ्यास रहेको नाटककी निर्देशक दिक्षा चौधरीले जानकारी दिइन् ।

नाटकमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चार्ल्स बुकोवस्की र विप्लव प्रतीकका कविताहरूलाई समेत प्रयोग गरिएको छ । नाटकले दर्शन, विचारधारा र व्यवहारिकताबीचको जीवनको विरोधाभाषपूर्ण संघर्षलाई समेत इङ्गित गरेर देखाउन खोजिएको छ ।

चौथो अध्यायमा दिक्षा चौधरी, भरत कार्की, प्रदिप दाहाल, रविन चिमरिया, यसश्वी चौधरी लगायतको अभिनय छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!