संगालोखबर

विराटनगर । बुधबार बेलुकादेखि बेपत्ता भएका मोरङको बेलबारीका एक बालक मृत अवस्थामा फेला परेका छन् । बेलबारी नगरपालिका–६ स्थित नहरमा बिहिवार बिहान उनी मृत अवस्थामा भेटिएका हुन् ।

Advertisement

बेलबारी–६ निवासी विनोद वनका ६ वर्षीय छोरा विवश वन सम्पर्कबिहीन भएपछि प्रहरी, आफन्त र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यही क्रममा नहरमा उनलाई फेला पारिएको हो ।

प्रहरीका अनुसार बालकको शव नहरमा डुबेको अवस्थामा फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!