मोहन ढकाल/संगालोखबर

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्षबाट निलम्बनमा परेका सागर थापासहितका नेताले अधिवेशनलाई प्रभाव पार्ने हिसाबले आफूहरूमाथि कारबाही गरेको बताएका छन् ।

Advertisement

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले मोरङ र विराटनगर महानगर कमिटीको अधिवेशन नजिकिएका बेला गलत सन्देश दिन आफूहरूलाई कारबाही गरिएको बताएका हुन् ।

‘केही महिनाभित्रै अधिवेशन हुने भएकाले अधिवेशनमा प्रभाव पार्ने र पार्टी नेतृत्वलाई गलत ढङ्गले सूचना दिने साथै कार्यकर्ताको मनोबल गिराएर आफ्नो उद्देश्य पूरा गर्ने हिसाबले कारबाही प्रक्रिया अगाडि बढाइएको हाम्रो ठहर छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।

निरन्तर पार्टीमा लागेका कार्यकर्ताहरूको राजनीतिक जीवन समाप्त गर्ने गरी एमाले मोरङ जिल्ला कमिटी लागिपरेको उनीहरुको आरोप छ । ‘कारबाहीका विषयमा पार्टी पंक्तिभित्र छलफल र विविध पाटाबारे माथिल्लो कमिटीबाट निर्णयहरू आउने नै छन्’ थापाले भने, ‘यो विषयमा सामाजिक सञ्जाल, आम सञ्चारमाध्यमबाट धेरै प्रश्नहरू आएका छन्, त्यसैले सार्वजनिक रूपमै जवाफ दिनुपर्ने अवस्था आएकाले पत्रकार सम्मेलन गरेका हौं ।’

२०८१ जेठ ३१ गते नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम कार्कीले पार्टीका नेता र कार्यकर्तालाई मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनको विषयलाई लिएर सोधेको स्पष्टीकरण र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा पनि उनीहरूले धारणा राखेका थिए ।

नेकपा एमाले मोरङले अध्यक्ष थापा, महानगर कमिटी कार्यालय सदस्य नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षका उम्मेदवार भएका एमाले वडा कमिटी ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!