संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा सोमबार अपराह्न इन्धनको ट्यांकर र म्याजिक भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भ्यानमा रहेका पाँचजना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा भ्यान चालक सुनसरीको इटहरी–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोक्किएको थियो ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा विराटनगर–६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी–२ की ४० वर्षीया सबिना खातुन, मोरङको रंगेली–८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन् ।

घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक सप्तरीको हनुमाननगरका ३६ वर्षीय सञ्जय ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!