संगालोखबर


विराटनगर । विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ । हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन् ।

उद्घाटनको दिन अपराह्न ४ः३० बजे आयोजक आरोहण विराटनगरको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने जनाइएको छ । त्यस्तै, असार २ गते कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्नेछ ।

Advertisement

असार ३ गते दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल’ मञ्चन गर्नेछ भने सोही दिन दिउँसो ३ बजे पिस नेपालले ‘हेत्छाकुप्पा’ नाटक मञ्चन गरिने भएको छ ।

यस्तै, असार ४ गते दिउँसो ३ बजे गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले ‘सुरुङ’ नाटक मञ्चन गर्ने छ भने अन्तिम दिन दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने जनाइएको छ ।

महोत्सवमा नाट्यपेशामा आबद्ध प्रदेश भित्रका नाट्य समूह, कलाकार, लेखक, निर्देशक तथा साहित्यप्रेमीबीच हुने भेटघाटले आपसी सहयोग र आदानप्रदानको ढोका खुल्ने विश्वास रहेको आरोहण विराटनगरका अध्यक्ष तथा महोत्सव निर्देशक भैरव क्षेत्रीले बताए ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा नाटक महोत्सव हुन लागेको आरोहणले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!