संगालोखबर

विराटनगर । अवैध रुपमा ल्याइएको सुनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना मोरङका युवक पनि छन् ।

Advertisement

प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका–९ घर भएका ३१ वर्षीय सरोज कोइराला, रौतहटका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीको सुरुङ्गाका २१ वर्षीय मोहमद अरमान र सप्तरीकै ३७ वर्षीय ज्याउदिन मिया पक्राउ परेका हुन् ।

भन्सार छलेर अवैध रूपमा ल्याइएको करिब २५ ग्राम सुनको सिक्री, ६९ ग्राम ९९ मिलिग्राम सुनको डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!