मोरङको बेलबारीमा बाल कला-साहित्य महोत्सव हुने

मोरङको बेलबारीमा बाल कला-साहित्य महोत्सव हुने

विराटनगर । मोरङको बेलबारीमा ‘बेलबारी बाल कला-साहित्य महोत्सव २०८१’ आयोजना हुने भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवका अवसरमा बाल कला र साहित्यबारे विस्तृत अन्तरक्रिया गरिने भएको छ । महोत्सव आगामी जेठ १७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यस अवसरमा विभिन्न विषयमा केन्द्रित रहेर कार्यशालाहरु सञ्चालन हुने जनाइएको छ । यसका लागि कार्यक्रम संयोजन गर्न बेलबारी...
मोरङमा जेठ १३ देखि बालबालिकालाई पोलियोविरुद्ध खोप अभियान

मोरङमा जेठ १३ देखि बालबालिकालाई पोलियोविरुद्ध खोप अभियान

विराटनगर । मोरङमा आगामी जेठ १३ गतदेखि पोलियो विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । यो अभियान जेठ २२ सम्म सञ्चालन हुने जनाइएको छ । स्वास्थ्य कार्यालय मोरङका अनुसार अभियानमा क्रममा जिल्लाका ५२ हजार ३५२ बालबालिकालाई खोप लगाइने छ । विभिन्न स्थानमा रहने ६७२ वटा खोप केन्द्रबाट ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । सबैभन्दा धेरै बालबालिका रहेको (१८ हजार ८६४ जना) विराटनगर महानगरपाल...
विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१९ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार राति आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३० वर्षीय राजु ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङको टोली...
ग्रामथानमा दुर्घटना हुँदा सबइन्जिनियरको मृत्यु

ग्रामथानमा दुर्घटना हुँदा सबइन्जिनियरको मृत्यु

विराटनगर । मोरङको ग्रामथानमा आइतबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–५ तेतरिया चोकनजिक राति करिब १० बजे भएको दुर्घटनामा गाउँपालिकाका सबइन्जिनियर महमद मुख्तार खाँको मृत्यु भएको हो । ३५ वर्षीय खाँ विराटनगर महानगरपालिका-१ मा बस्दै आएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो आर्या अस्पताल ल्याइएको थियो । ल्याएको केही बेरमा चिकित्सकले ...
दुई सातादेखि विराटनगरमा बेवारिसे बसिरहेकी बालिकाको उद्धार

दुई सातादेखि विराटनगरमा बेवारिसे बसिरहेकी बालिकाको उद्धार

विराटनगर । सुनसरीको दुहबी घर बताउने १५ वर्षीया बालिका दुर्गा उरावको आइतबार साँझ उद्धार गरिएको छ । विराटनगर–५ जामुनगाछीस्थित खेतमा बनाइएको छाप्रोमा दुई सातादेखि बेवारिसे अवस्थामा बसिरहेकी उनको स्थानीयको पहलमा उद्धार गरिएको हो । उनी जामुनगाछी वरपर नियमित हिँडेको देखेपछि स्थानीयले सोधखोज गरेका थिए । उनले कामको खोजीमा हिँडेको बताउने गरेकी थिइन् । तर छाप्रो नजिकैका स्थानीयले केही दिनदेखि उनलाई त्यही...
दशकसम्म पनि बनेन विराटनगरको ३ किलोमिटर सडक, फेरि विरोधमा उत्रिए स्थानीय

दशकसम्म पनि बनेन विराटनगरको ३ किलोमिटर सडक, फेरि विरोधमा उत्रिए स्थानीय

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित जामुनगाछीका बासिन्दाले आइतबार हुलाकी सडक खण्ड बन्द गरेका छन् । गणेश चोकदेखि केसलिया खोलासम्मको सडकमा ठाउँठाउँमा बाँस तेर्स्याएर सवारी साधन आवागमनमा अवरोध गरेका हुन् । लामो समयदेखि सडक र नाला नबन्दा समस्या भोग्न बाध्य भएको भन्दै स्थानीयले अनिश्चितकालका लागि सडक अबरुद्ध गरेको बताएका छन् । बिगतमा नेता बहिष्कार अभियान सञ्चालनसँगै चाँडो सडक निर्...
रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजनाको मृत्यु

रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजनाको मृत्यु

विराटनगर । रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार पथरीशनिश्चरे–१० मा बस्दै आएका भुटानी शरणार्थी ५० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो । घाँस काट्न भनेर जंगलतिर गएका उनी नफर्केपछि खोजी गरिएको थियो । खोजीका क्रममा स्थानीय पशुपति सामुदायिक वनमा रहेको रुखबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता ड...
पौडी खेल्दा डुबेर विराटनगरका बालकको मृत्यु

पौडी खेल्दा डुबेर विराटनगरका बालकको मृत्यु

विराटनगर । पौडी खेल्ने क्रममा विराटनगर महानगरपालिकाका एकजना बालकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ मा रहेको पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा ती बालकको मृत्यु भएको हो । डुबेर स्थानीय छोटेलाल शर्माका १४ वर्षीय छोरा राज शर्माको हिजो अपराह्न मृत्यु भएको हो । घरनजिक पानी जमेको करिब १५–२० फुट गहिरो खाडलमा पौडी खेल्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ ।
‘शव बन्धक बनाइएको होइन’

‘शव बन्धक बनाइएको होइन’

विराटनगर । केही सञ्चार माध्यममा प्रकाशित ‘३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नोवेल शिक्षण अस्पतालले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ का रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक नबनाइएको दाबी गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको उपचारका क्रममा मृत्यु भएक...
न्यायिक समितिमा घरेलु हिंसा र जग्गासम्बन्धी उजुरी बढी

न्यायिक समितिमा घरेलु हिंसा र जग्गासम्बन्धी उजुरी बढी

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८०–८१ को वैशाख मसान्तसम्म २४३ वटा उजुरी परेका छन् । तीमध्ये १६२ वटा उजुरीहरू फर्छयौट भएका छन् भने ८१ वटा मुद्दामा फैसला हुन बाँकी छ । स्थानीय सरकार सञ्चालन ऐन–२०४७ अनुसार न्यायिक समितिलाई दुई किसिमको अधिकार क्षेत्र निर्धारण गरिएको छ । न्यायिक समितिले ऐनको दफा ४७ (१) अन्तर्गत विवादको निरुपण गर्ने र ऐनको दफा ४७ (२) अन्तर्गत विवादको ...
विराटनगरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । कोशी राजमार्गको विराटनगर–इटहरी खण्डमा आज बिहान भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ । विराटनगरको पिपल चोकनजिक भएको दुर्घटनामा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बरगाछीबाट उत्तरतिरको गन्तव्यका लागि जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर महानगरपालिका–२ पिपल चोकमा दुर्घटनामा भएको प्रहरीको भनाइ छ । दुर्घटनामा विराटनगर–५ का चालक ३८ वर्षीय राजेन्द्रप्रसाद यादव गम्भीर घा...
विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी

विराटनगरमा भेटिए क्षयरोगका १९१ बिरामी

विराटनगर । विराटनगर महानगरपालिमा क्षयरोगका १९१ जना बिरामी भेटिएका छन् । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार महानगरका अधिकांश वडामा क्षयरोगी फेला परेका छन् । जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले मोरङमा १ हजार २३८ जनामा क्षयरोगको संक्रमण भेटिएको जानकारी दिएका छन् । एक तथ्यांकअनुसार विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी छन् । सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेप...
विराटनगर र कटिहार मिल्स क्रिकेटको सेमिफाइनलमा

विराटनगर र कटिहार मिल्स क्रिकेटको सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् । विराटनगर सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहार दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेका हुन् । विराटनगर जुटमिलको खेलमैदानमा आज शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट ग...
विभिन्न क्षेत्रमा योगदान दिने विराटनगरका चारजना पुरस्कृत

विभिन्न क्षेत्रमा योगदान दिने विराटनगरका चारजना पुरस्कृत

विराटनगर । विराटनगरमा संस्थागत विद्यालय सञ्चालनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका कमला–राजबहादुर कुँवरको सम्मानमा स्थापित पुरस्कार विभिन्न क्षेत्रका चारजना व्यक्तित्वलाई प्रदान गरिएको छ । आजा आयोजित कार्यक्रममा कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार...
विराटनगरमा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति

विराटनगरमा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति

विराटनगर । राउण्ट टेबल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउण्ट टेबल नेपाल एरिया–२ ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्...
विश्व उच्च रक्तचाप दिवसमा नोवेलद्वारा विराटनगरमा चेतनामूलक र्‍याली

विश्व उच्च रक्तचाप दिवसमा नोवेलद्वारा विराटनगरमा चेतनामूलक र्‍याली

विराटनगर । विश्व उच्च रक्तचाप दिवसका अवसरमा आज विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले चेतनामूलक र्‍याली आयोजना गरेको छ । मे १७ का दिन यो दिवस विश्वभरि मनाइँदै आएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधिसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा नोवेलले आज बिहान विराटनगरको महेन्द्रचोकबाट तिनपैनीसम्म चेतनामूलक र्‍याली आयोजना गरेको थियो ...
विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगर । विराटनगर–४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको हुलाकी सडकखण्ड बेला–बेलामा चर्चामा आउने गर्छ । सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयले चाँडो काम सक्न दबाब दिँदै नेता बहिष्कार अभियानदेखि सवारीसाधन आवागमन ठप्प पार्दै आएका छन् । दशक अवधिमा पनि करिब ३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण सो क्षेत्रका बासिन्दा, व्यवसायीलगायत अनेक खाले सास्ती खेप्न बाध्य छन् । पछिल्लो सम...
नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो । दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस क्रममा म...
मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रंगेली नगरपालिका–३ मा रहेको फर्निचर पसल र ग्यारेजमा आज बिहान आगलागी भएको हो । स्थानीय सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा भएको आगलागीमा परी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगोले फर्निचर पसलका कुर्सी, सोफा तथा फर्निचर बनाउने औजारहरु जलेर नष्ट भएको छ । ग्यारेजमा आगलागी हुँदा विभि...
विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको क्वाटरफाइनल खेलमा जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो । विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतक पूरा गरे । अनुभवले ४१...
लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
पटना र कटिहार क्वाटरफाइलनमा

पटना र कटिहार क्वाटरफाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा दोस्रो खेलमा भारत कटिहारको टिमले सिरहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । सिरहाले दिएको १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खे...
मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । त्यस क्रममा प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक भागीरथ हरिजनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले हरिजनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उनको साथबाट १३८ ग्राम खैरो हेरोइन बरामद भएको जनाइ...
मिल्स क्रिकेटः पटनासँग १२ रनले नेपाल पुलिस पराजित

मिल्स क्रिकेटः पटनासँग १२ रनले नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा आज मंगलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उ...
मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र केराबारीमा भएका दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–५ मा बा ११ च २९२८ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा अटो चालक ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुन...
मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

विराटनगर । मोरङको बुढीगंगास्थित कृषि फार्ममा गएराति आगलागी भएको छ । आगलागीका कारण फार्मको विभिन्न सामग्री जलेर नष्ट हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुढीगंगा गाउँपालिका–६ सखुवाटोकीस्थित स्थानीय सञ्जय चौधरीको किवान्स कृषि फार्ममा आगलागी भएको हो । आगलागीमा परी कृषि फार्ममा रहेका अन्न, भाँडा, कपडा, मोटरसाइकल र केही नगदसमेत जलेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ आ...
मोरङको पथरी शनिश्चरेका युवकको काठमाडौंमा हत्या

मोरङको पथरी शनिश्चरेका युवकको काठमाडौंमा हत्या

विराटनगर । मोरङको पथरी शनिश्चरेका एक युवकको काठमाडौंमा हत्या भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा गएराति उनको हत्या भएको हो । पथरी शनिश्चरे नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–९ पिंगलास्थनमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट उनको छाती र ढाडमा गहिरो चोट लागेको जनाइएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च...
निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

विराटनगर । ओरेक नेपाल विराटनगरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र निःसन्तानको सवाल विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । आज पत्रकार महासंघ मोरङको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ओरेकले नेपालमा बाँझोपनको समस्या बढ्दो रहेको तथ्याङक सार्वजनिक गरेको छ । नेपालमा बाँझोपनसम्बन्धी यकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रूपमा रहेको ओरेक नेपाल विराटनगर प्रमुख सरस्वती दनुवारल...
चिर्पट प्रहारले मोरङको सुकुना क्याम्पसका स्ववियु सभापति घाइते

चिर्पट प्रहारले मोरङको सुकुना क्याम्पसका स्ववियु सभापति घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बू चिर्पट प्रहारबाट घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो आर्या अस्पतालमा उपचार भइरहेको छ । क्याम्पसको गेटनजिकै उनीमाथि हिजो बेलुका चिर्पट प्रहार भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स...
error: Content is protected !!