संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्ति थप भएका छन् । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर महानगरले अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलनका लागि ‘रिचिङ टु मिसिङ’ अभियान सञ्चालन गरेको थियो ।

Advertisement

अभियानका क्रममा १ हजार १ सय ७ जना अपाङ्गता भएका व्यक्तिहरू थप भएका हुन् । यसअघि १ हजार ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिहरू महानगर क्षेत्रभित्र रहेको तथ्यांकमा उल्लेख थियो । अभियानपछि महानगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरूको संख्या २ हजार ७ सय २० जना पुगेको छ ।

सोमबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित वडाध्यक्ष कुमार पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपानेको उपस्थितिमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको रिचिङ टु मिसिङ २०८०/०८१ को प्रगति विवरण प्रस्तुतीकरणका क्रममा तथ्यांक सार्वजनिक गरिएको थियो ।

महानगरले १९ वटै वडामा स्वयमसेविकाहरू परिचालन गरेर गत चैत ४ देखि जेठ ५ गतेसम्म तथ्यांक संकलन अभियान गरेको अपाङ्ग रोकथाम कार्यक्रमकी सम्पर्क व्यक्ति मीना अधिकारीले जानकारी दिइन् । उनका अनुसार १९ वटै वडामा जनता बहुमुखी क्याम्पस, कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, मोडर्न एरा स्कुल र गोल्डेन मल्टी टेक्निकल कलेजका विद्यार्थी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको थियो ।

थप भएकामध्ये सबैभन्दा बढी वडा नम्बर १२ मा फेला परेका छन् । वडा नम्बर १२ मा १४८ जना र सबैभन्दा कम वडा नम्बर ७ मा १९ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन् । नयाँ पत्ता लागेका अपाङ्गतामध्ये २ सय ८१ जनाले अपाङ्गतासम्बन्धी कार्ड प्राप्त गरिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!