संगालोखबर
फाइल तस्वीर

विराटनगर । मोरङको जहदामा बिहीबार बिहान भएको आगालागीमा लाखौं रुपैयाँको क्षति भएको छ । जहदा गाउँपालिका–७ भीमपुरका सुरेशप्रसाद सिंहको गोदाममा भएको आगलागीमा धान र जुट जलेर नष्ट भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आगलागीका कारण करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गोदाममा रहेको करिब साढे तीन सय क्वीन्टल जुट तथा ९५० क्वीन्टल धान जलेको प्रहरीले जनाएको छ ।

Advertisement

बिजुली सर्ट भइ आगलागी भएको अनुमान गरिए पनि खास कारण यकिन हुन सकेको छैन । विराटनगर महानगरपालिकाको दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!