संगालोखबर

विराटनगर । लामो समयदेखि मस्तिष्कसम्बन्धी समस्याबाट ग्रस्त मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमबार निधन भएको छ । गत माघ १० गते राष्ट्रियसभा निर्वाचनका बेला मतदानमा सहभागी हुन विराटनगर आएका उनी बेहोस भएका थिए ।

Advertisement

तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई ‘ब्रेन ह्यामरेज’ भएर समस्या भएको चिकित्सकले बताएका थिए । त्यसयता थलिएका उनको उपचार भइरहेको थियो ।

गच्छदारको गत स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट चुनावमा प्रतिस्पर्धा गरी अध्यक्षमा निर्वाचित भएका थिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!