संगालोखबर


विराटनगर । विराटनगरबाट खैरो हेरोइनसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–१५ बाट मोरङको सुन्दरहरैँचाका २१ वर्षीय मदन चौधरी र भोजपुरका २० वर्षीय विनोद शिवालाई बुधबार बेलुका पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४१.३३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, सुनसरीको दुहबी नगरपालिका–४ का २० वर्षीय पारस चौधरी र झापाको गौरादहका ३५ वर्षीय सञ्जीव खड्कालाई २.५३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!