संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । सब डिभिजन कार्यालयका अनुसार बुधबार बिहान स्थानीय बासिन्दाको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको हो ।

छावाको कसरी मृत्यु भएको भन्ने खुलेको छैन । सुँड छेउमा सामान्य चोट देखिएको वन कार्यालयले जनाएको छ । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ प्राविधिकको टोली आएर अध्ययन गरेपछि विस्तृत कुरा थाहा हुने कार्यालयको भनाइ छ ।

Advertisement

आरक्षको टोली आएर अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरिने भएकाले हाल घटनास्थललाई सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!