संगालोखबर
फाइल तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका र ग्रामथान गाउँपालिकाका विभिन्न स्थानमा आइतबार विद्युत अवरुद्ध हुने भएको छ । ११ केभीको टंकी फिडर, कंचनबारी, कटहरी, भृकुटी, जामुनगाछी, नहर र झोराहाट फिडर अन्तरगतका एरियामा विद्युत अवरुद्ध हुने भएको हो ।

विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तरगत रहेको टंकी सब स्टेसनमा ११ केभी नयाँ प्यानल जडान तथा डबल सर्किट निर्माणको काम गर्नुपर्ने भएकाले उक्त फिडरहरू भएको एरियामा विद्युत अवरुद्ध हुने विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमारले जानकारी दिए ।

Advertisement

उनका अनुसार विराटनगर १, २, ३, ४, ५, ६, ७, ११ र १२ नम्बर वडा साथै ग्रामथान गाउँपालिकाका विभिन्न एरियामा बिहान ६ देखि १० बजेसम्म र दिउँसो २ देखि ६ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!