संगालोखबर

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् । १६ औं जिल्ला सम्मेलनमा निकटतम प्रतिस्पर्धी शशि यादवलाई २८ मतले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

राईले ८१ मत प्राप्त गर्दा यादवले ५३ मत मात्रै पाएका थिए । यस्तै उपाध्यक्षमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् । सचिवमा सतिश कार्की सर्वसम्मत चयन हुँदा उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव पराजित भए ।

सहसचिवमा अनिष कार्की र अनिष पौडेल निर्वाचित भएका छन् । महिला सहसचिवमा रविना चौधरी सर्वसम्मत चयन भइन् । कोषाध्यक्षमा कीर्तिका खनाललाई पराजित गर्दै शीतल दर्नाल निर्वाचित भइन् ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएपनि सहमति हुन नसक्दा निर्वाचन भएको थियो । मोरङका १७ वटै पालिकाबाट सहभागी १४२ मतदातामध्ये १३५ जनाले मतदान गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!